राष्ट्रसंघ महासचिवको भ्रमण प्रयोजनहीन र आश्चर्यजनक रहेको कमल थापाको टिप्पणी, सोल्टीमा भोज खान नजाने – Nepal Press

राष्ट्रसंघ महासचिवको भ्रमण प्रयोजनहीन र आश्चर्यजनक रहेको कमल थापाको टिप्पणी, सोल्टीमा भोज खान नजाने

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण ‘प्रयोजन विहीन’ भएको टिप्पणी गरेका छन् । गुटेरसको सम्मानमा आज सोल्टी होटलमा राखिएको रात्रिभोज बहिष्कार गर्ने उनको तयारी छ ।

महासचिव गुटरेसले हमास-इजरायल युद्धमा ध्यान नदिएको थापाले आरोप लगाएका छन् ।

‘अतिथीलाई स्वागत छ तर…’ भन्दै उनले लेखेका छन्, ‘इजरायल-गाजा युद्धमा प्रत्येक दिन सयौं व्यक्तिहरूले ज्यान गुमाइरहेका छन्, नाकाबन्दीले लाखौंको जीवन कष्टकर भैरहेको छ । यस्तो बेला संक्रमणकालीन न्यायको उपेक्षा गर्ने सरकारको निम्तोमा संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसको ‘प्रयोजन विहीन’ नेपाल भ्रमण आश्चर्यजनक छ ।’

स्रोतकाअनुसार सोल्टीमा आयोजना हुने रात्रिभोजमा थापालाई पनि निम्तो आएको छ, तर उनी जाने छैनन् । संक्रमणकालीन न्यायका धेरै काम टुङ्गो नलागिसकेको अवस्थामा यो भ्रमणको कुनै औचित्य नभएको उनको बुझाइ छ ।

चार दिने नेपाल भ्रमणको क्रममा दुई दिन नाम्चे, पोखरा, अन्नपूर्ण बेस क्याम्प, लुम्बिनी पुग्ने महासचिव गुटेरेसले मंगलबार भने संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर