भिस्ताराले काठमाडौं-दिल्लीको दोस्रो उडान बुधवारबाट थाल्ने – Nepal Press

भिस्ताराले काठमाडौं-दिल्लीको दोस्रो उडान बुधवारबाट थाल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय उडान क्षेत्रमा स्थापित भिस्तारा एयरलाइन्सले काठमाडौं–दिल्लीका लागि दोस्रो दैनिक उडान बुधवारबाट सुरु गर्ने भएको भएको छ ।

टाटा समूह र सिङ्गापुर एयरलाइन्सको संयुक्त लगानी रहेको भिस्ताराको दोस्रो उडान बिहान १०ः४० बाट हुनेछ ।

भिस्ताराको ए ३२० नेव जहाजमार्फत हुने अत्याधुनिक उडानमा तीन कक्षको ‘कन्फिगरेशन’का साथ सञ्चालन हुनेछ । रुटमा बिजनेश र प्रिमियम इकोनोमीको साथै इकोनोमी क्लासको समेत सुविधा प्रदान गरिनेछ ।

भिस्ताराले यात्रुका लागि टिकट बुकिङ वेबसाइट, मोबाइल एप र ट्राभल एजेन्टमार्फत खुला गर्नेछ ।

भिस्तराले गरेको यो उडानले यात्रुलाई लण्डन, पेरिस, फ्रयांकफर्ट लगायत भारतीय सहरहरू जस्तै:–मुम्बई, बेंगलुर, अहमदावाद, देहरादुन, कोच्चि, गोवा, चेन्नाई, पुणे र अन्य लोकप्रिय लामो दुरीको गन्तव्यहरूमा ‘एक–स्टप’ उडान लिन सक्षम बनाउनेछ ।

एयरलाइन्सका नेपालस्थित कार्यकारी अधिकृत प्रसन्न अधिकारीले भिस्ताराको काठमाडौं–दिल्लीको दोस्रो उडान बुधवारबाट बिहान १०ः४० देखि सुरु हुने बताए ।

उनले भने,‘भिस्ताराले विगतदेखि नै साँझको उडान भर्दै आएको थियो । यसले दोस्रो उडान पनि भर्ने छ । बिहान १०ः४० बजे जहाज काठमाडौंबाट दिल्लीका लागि उड्नेछ । यो व्यवस्था बुधवारबाटै लागू हुनेछ । यसअघि साँझ ५ः०० हुँदै आएको उडान पनि यथावत् नै रहनेछ ।’

बिहानीको उडान भर्न जहाज दिल्लीबाट ७ः४० मा काठमाडौंका लागि उड्नेछ । जहाज काठमाडौंमा ९ः४० मा अवतरण गर्नेछ । काठमाडौंबाट भने दिल्लीका लागि जहाज १०ः४० उड्नेछ । दिल्लीमा जहाजले १२ः१० मा अवतरण गर्नेछ ।

एयरलाइन्समा स्थापित भारतीय कम्पनी टाटा समूह र सिंगापुर एयरलाइन्सको संयुक्त लगानी छ । नेपालसहित यसले विश्वका विभिन्न ३० गन्तव्य स्थानमा नियमित उडान भर्दै आएको छ । एयरलाइन्सले विद्यार्थीका लागि २० किलोसम्मको ‘लगेज’ लैजाने सुविधा निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ ।

यात्रुले उडान तथा एयरलाइन्सका सम्बन्धमा थप जानकारी लिन चाहे नजिकको ट्राभल एजेन्ट र नेपालस्थित कार्यालयमा सम्पर्क गर्न सक्ने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर