शेयर बजार घटेसँगै कारोबार रकम पनि खुम्चियो
काठमाडौं । साताको तेस्रो दिन सेयरबजारमा दोहोरो अंकको गिरावट भएको छ । मङ्गलवार नेप्से परिसूचक १४.२९ अंकले घटेर १८६४.४० बिन्दुमा बन्द भएको छ ।
यस दिन बजारमा २२ लाख ५८ हजार १८७ कित्ता सेयरको खरिदबिक्री हुँदा ५७ करोड १४ लाख ८३ हजार २७६ रुपैयाँमा कारोबार खुम्चिएको छ ।
अघिल्लो दिन सोमबार मात्रै ६९ करोड ४२ लाख २२ हजार २१७ रुपैयाँको कारोबार भएको थियो ।
कारोबारको पहिलो दिन नै नकारात्मक सर्किट लगेको सोनपुर मिनरल्स एण्ड आयल लिमिटेडको सेयरमा लगातार तेस्रो दिन पनि सर्किट लगेको छ ।
प्रतिकित्ता ३५० रुपैयाँमा पहिलो कारोबार खुलेको सोनपुर मिनरल्स आज २५५ रुपैयाँमा झरेको छ ।
त्यसैगरी उपसमूहतर्फ रहने १३ वटै सबै सूचकहरू घटेका छन् ।