महासचिव गुटेरेसको सम्बोधन- विगत २० वर्षको तपाईंहरुको यात्रा हेर्नलायक र अद्भूत छ (पूर्णपाठ)
काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले दुई ठूला शक्तिका बीचमा रहेर आफ्नो सार्वभौमसत्ता र स्वाधीनताको रक्षाका लागि आफ्नो मार्ग नेपाल आफैंले बनाएको बताएका छन् ।
नेपाल भ्रमणको क्रममा प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त सदनलाई मंगलबार सम्बोधन गर्दै उनले विगत २० वर्षको नेपालको यात्रा हेर्नलायक र अद्भूत रहेको बताए ।
उनले भने, ‘नयाँ संविधानसहितको नयाँ गणतन्त्रको केन्द्रमा संयुक्त राष्ट्रसंघको बडापत्र छ । तपाईंहरूले दिगो विकास लक्ष्यहरू शीघ्र अँगाल्नुभयो र तीमध्ये धेरैमा प्रगति गर्दै हुनुहुन्छ । तपाईंहरुको मुलुकले द्वन्द्वलाई सफलतापूर्वक साम्य पारेको छ र युद्धबाट शान्तितर्फ उन्मुख भएको छ । यो यस्तो प्रक्रिया हो, जसलाई संयुक्त राष्ट्रसंघले समर्थन गर्न पाउँदा गर्व लागेको छ ।’
कुनै हैसियत नभएको पदाधिकारी ।