गोठाटारमा गोली चल्यो, ब्राउन सुगर र पेस्तोलसहित २ जना पक्राउ – Nepal Press

गोठाटारमा गोली चल्यो, ब्राउन सुगर र पेस्तोलसहित २ जना पक्राउ

काठमाडौं । काठमाडौंको गोठाटारमा गोली चलेको छ । प्रहरीले गोली प्रहार गरी एक भारतीय र एक नेपालीलाई नियन्त्रणमा लिएको छ ।

उनीहरूको साथबाट २ सय ग्राम ब्राउन सुगर र एउटा पेस्तोल बरामद भएको बुझिएको छ ।

प्रहरीले चलाएको एक राउन्ड गोली लागेर भारतको नक्सलबाढीका ४८ वर्षीय मोहमद करिम घाइते भएका छन् । झापाको कचनकवल-८ का हर्क लिम्बु पनि पक्राउ परेका छन्। लिम्बु सहयोगी भएको बुझिएको छ।

लागू औषध कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा गोली चलाउनुपरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर