कारोबारमा आएको चौथो दिनमै आईपीओ मुल्यभन्दा तल झर्‍यो सोनपुर मनिरल्सको कारोबार – Nepal Press

कारोबारमा आएको चौथो दिनमै आईपीओ मुल्यभन्दा तल झर्‍यो सोनपुर मनिरल्सको कारोबार

काठमाडौं । कारोबारमा आएको चाथौ दिनमै सोनपुर मिनरल्स एण्ड आयल लिमिटेडको शेयर आईपीओ मूल्यभन्दा तल झरेको छ ।

आइतबारदेखि कारोबारमा आएको सोनपुर मिनरल्सको सेयर चौथो दिनमै आईपीओ मुल्यभन्दा तल झरेको हो । प्रतिकित्ता १०० रुपैयाँमा १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७.५८ रुपैयाँमा आइपीओ बिक्री भएको सोनपुर मिनरल्सको सेयर आज कारोबारको चौथो दिनमै २३४.८० रुपैयाँमा झरेको छ ।

आफ्नो पहिलो कारोबार ३५० रुपैयाँमा खुल्ला भएको सोनपुर मिनरल्स पहिलो दिन नै नकारात्मक सर्टिक लागेर ३१५ रुपैयाँमा झरेको थियो । त्यस्तै सोमबार पनि नकारात्मक सकिर्टका साथ ३१५ रुपैयाँबाट २८३.५० रुपैयाँमा र मंगलबार २५५ रुपैयाँमा खस्किएको थियो भने आज उक्त सोनपुर मिनरल्सको सेयर आईपीओ मुल्यभन्दा तल २३४.८० रुपैयाँमा झरेको हो ।

यसरी कारोबारको पहिलोदिबाटै लगातार नकारात्मक सकिर्ट लगरेर आइपीओ मुल्यभन्दा तल खस्किएको सोनपुर मात्रै पहिलो कम्पनी रहेको देखिन्छ । यसरी लगातार खस्किरहेको कम्पनीले लगानीकर्ताहरुलाई मारमा पारेको छ ।

लगानीकताका अनुसार यस्तो कम्पनीले प्रिमियम मुल्यका आईपीओ निकाल्न नपाउनुपर्ने हुन्छ । सोनपुरअघि घोराही सिमेन्टकोको हालत पनि उस्तै रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर