शेयर बजार लगातार ओरालोतर्फ – Nepal Press

शेयर बजार लगातार ओरालोतर्फ

काठमाडौं । साताको चौथो दिन पनि शेयर बजारमा झिनो अंकको गिरावट आएको छ ।

बुधबार नेप्से परिसूचक ५.८३ अंकले घटेर १८५८.५६ बिन्दुमा कायम भएको छ । यसदिन बजारमा ३३ लाख ६४ हजार ५६ कित्ता शेयरको खरिदबिक्री हुँदा ८१ करोड २० लाख ८९ हजार २९१ रुपैयाँको कारोबार भएको हो ।

मंगलबार मात्रै नेप्से १४.२९ अंकले घटेर १८६४.४० बिन्दुमा बन्द भएको थियो भने कारोबार ५७ करोड १४ लाख ८३ हजार २७६ रुपैयाँमा खुम्चिएको थियो ।

त्यस्तै, सयपत्री हाइड्रोपावर लिमिटेड, हिमालयन लघुवित्त वित्तीय संस्था र रवा इन्र्जि डेभलपमेन्ट लिमिटेडका लागानीकर्ताले सर्वाधिक नाफा कामाएका छन् भने सोनपुर मिनरल्स एण्ड आयल लिमिटेड र सिद्धार्थ इक्यूटी फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

त्यसैगरी, कारोबारको आधारमा आज सोनपुर मिनरल्स एण्ड आयल लिमिटेड १४ करोड ६० लाख रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।

बुधबार बजार पुँजिकरण २८ खर्ब ६२ अर्ब रुपैंयाँ रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर