मकवानपुरबाट दुई जनाले लिए गैरआवसीय नागरिकता – Nepal Press

मकवानपुरबाट दुई जनाले लिए गैरआवसीय नागरिकता

हेटौँडा । मकवानपुर जिल्लाबाट पहिलो पटक दुई जनाले गैरआवासीय नेपाली नागरिकता लिएका छन् ।

नागरिकता लिनेमा हेटौंडा–११ की सन्जिता बिडारी र हेटौंडा–५ का श्रीकृष्ण थापा रहेका छन् । उनीहरू श्रीमान् श्रीमती हुन् ।

विगत १५ वर्षबाट अस्ट्रेलिया बस्दै आएका बिडारी र थापालाई बुधवार प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाइले गैरआवासीय नेपाली नागरिकता प्रदान गरेका हुन् ।

नागरिकता प्राप्त गरेपछि उनीहरूले देश र जनताको नाममा शपथ लिएका थिए ।

पुनः नेपाली नागरिकता पाएकोमा खुसी व्यक्त गर्दै थापाले देश प्रतिको माया अझै बढेको र आफ्नो देशमा लगानी गर्ने बाटो खुलेको बताए । यसले हामीलाई विदेशमा रहेर पनि नेपालको जुन माया छ त्यसलाई अझ प्रगाढ बनाएर जान्छ भन्ने विश्वास थप दिलाएको बताए ।

यसअघि असोज ३० गते मङ्गलवार बालुवाटारमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैर आवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यलाई नेपाली नागरिकता दिँदै अभियानको सुरुवात गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *