साताको अन्तिम कारोबारमा पनि २८ अंकले घट्यो शेयर बजार – Nepal Press

साताको अन्तिम कारोबारमा पनि २८ अंकले घट्यो शेयर बजार

काठमाडौं । साताको पहिलो कारोबारमा दोहोरो अंकले गिरावट भएको शेयर बजार साताको अन्तिम कारोबारका दिन पनि दाहोरो अंकले घटेको छ ।

साताको पहिलो दिन आइतबार २८.१८ अंकले घटेर खुलेको नेप्से परिसूचक साताको अन्तिम कारोबारका दिन १०.८६ अंकले गिरावट भइ बन्द भएको हो ।

बिहीबार शेयर बजार १०.८६ अंकले गिरावट भइ १८४७.७० बिन्दुमा कायम भएको छ । यसदिन बजारमा ३७ लाख ४९ हजार ९५४ कित्ता सेयरको खरिदबिक्री हुँदा ९६ करोड ४४ लाख ७७ हजार ७११ रुपैयाँको कारोबार भएको छ ।

आज चन्द्रागीरी हिल्स लिमिटेड, हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड र एनआइबीएल प्रगती फण्डका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् भने सयपत्री हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । आज यसपत्री हाइड्रोपावर लिमिटेडको सेयर नकारात्मक सकिर्टका साथ सर्वाधिक गुमाउनेमा रहेको छ ।

बिहीबार उपसमूहतर्फ भने दुई समूह बाहेक ११ वटैको शेयर मूल्य घटेको छ ।

यस साता यस्तो रह्यो कारोबार

साताको पहिलो दिन आइतबार मात्रै २८.१८ अंकले घटेर १८७५.६५ बिन्दुमा बन्द भएको थियो भने यसदिन बजारमा ७५ करोड २९ लाख २५ हजार ३९२ रुपैयाँको कारोबार भएको थियो ।

त्यस्तै, सोमबार ३.०४ अंकले बढेर बन्द भएको सेयरबजार मंगलबार १४.२९ अंकले घटेर १८६४.४० बिन्दुमा बन्द भएको थियो । यस दिन बजार ५७ करोड १४ लाख ८३ हजार २७६ रुपैयाँको कारोबारमा खुम्चिएयो । बुधबार पनि सेयबजारमा गिरावट भयो जहाँ ५.८३ अंकले घटेर नेप्से १८५८ बिन्दुमा कायम भयो । भने, बिहिबार नेप्से १० ८६ अंकले घटेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर