२ विकेट लिएपछि नेपालले पावर प्लेका ३ ओभरमा दियो मात्र १२ रन – Nepal Press

२ विकेट लिएपछि नेपालले पावर प्लेका ३ ओभरमा दियो मात्र १२ रन

काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत अहिले भइरहेको सेमिफाइनलमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको यूएईले पावर प्लेमा २ विकेट गुमाएर ४१ रन जोडेको छ ।

यूएईले पावर प्लेका अन्तिम ३ ओभरमा १२ रन मात्र जोड्न सक्यो । त्यसअघि सुरुका तीन ओभरमा २९ रन जोडेको थियो । त्यसपछि एकै ओभरमा दुवै ओपनरलाई गुमाएपछि यूएईको रनको गति कम भएको हो ।

चौथो ओभरमा सोमपाल कामीले खालिद शाहलाई रन आउट गरे भने कप्तान मुहम्मद वासिमको विकेट लिए । वासिमले २६ रन जोडे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *