एमाले रुपन्देहीको चियापान स्थगित
रुपन्देही । नेकपा एमाले रुपन्देहीले दशैं, तिहार, छठ तथा नेपाल संवत ११४४ को अवसरमा आज शनिबारका लागि आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम स्थगित गरेको छ ।
जाजरकोटलाई केन्द्र बनाइ गएराति गएको भूकम्पले ठूलो धनजनको क्षति गरेपछि एमाले रुपन्देहीइले पूर्व निर्धारित चियापान कार्यक्रम स्थगित गरेको हो । एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले विज्ञप्ती जारी गर्दै शोकको यस घडीमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम स्थगीत गरिएको जानकारी दिए ।
विज्ञप्तीमा भूकम्पमा परी ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घाइते सबैको प्रभावकारी उद्धार र राहतका लागि सरकारको गंभीर ध्यानाकर्षण गराइएको छ । आजको कार्यक्रमका लागि एमालेका शीर्ष नेताहरुसहित १० हजार जनालाई जुटाउने तयारी एमालेले गरेको थियो ।