विश्वकप क्वालिफायर फाइनलमा टिकटबाट उठेकाे ५० प्रतिशत रकम भूकम्पपिडितलाई दिइने
काठमाडौं । आईसीसी विश्वकप टी- २० को एसिया छनौट अन्तर्गत आइतबार हुने फाइनल खेलको टिकटबाट उठेको रकमको ५० प्रतिशत भूकम्पपीडितको सहयोगार्थ प्रदान गरिने नेपाल क्रिकेट संघ (क्यान)को घोषणा गरेको छ ।
क्यानले शनिबार सूचना निकाल्दै नेपाल र ओमनबीच आइतबार हुने फाइलन खेलको टिकटबाट उठेको रकमको ५० प्रतिशत भुकम्प पिडितको सहयोगार्थ प्रदान गरिने घोषणा गरेको हो ।
गए राति जाजरकोट केन्द्रबिन्दु भएको गएको भुकम्पमा सयौं मानिसले ज्यान गुमाएका छन् भने हजारौं घाइते भएका छन् ।
‘जाजरकोट केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भुकम्पले र्पाएको मानवीय तथा संरचनागत क्षतिले हामीलाई अत्यन्त मर्माहत तुल्याएको छ । यस भुकम्पमा परी ज्यान गुमाउने सम्पूर्ण नेपालीहरु प्रति श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गर्दछौं । साथै, घाइते सम्पुर्णको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आईसीसी टी २० विश्वकप क्रिकेटको एसिया छनौट अन्तर्गत आइतबार हुने नेपाल र ओमानबिच फाईनल खेलको टिकट बिक्रिबाट प्राप्त हुने रकमको ५० प्रतिशत रकम भुकम्प पिडितको सहयोगार्थ प्रदान गरिने घोषणा गर्दछौं,’ सूचनामा भनिएको छ ।