जाजरकोट र रुकुम पश्चिमका गम्भीर घाइतेलाई प्रदेश अस्पताल सुर्खेत ल्याइयो (तस्बिरहरु)
नेपाल प्रेस
२०८० कार्तिक १८ गते १०:१६
सुर्खेत । भूकम्पमा परी गम्भीर घाइते भएकाहरुलाई प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ । शुक्रबार राति गएको भूकम्पमा परी घाइते भएका जाजरकोट र रुकुम पश्चिमका विरामीहरुलाई प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो ।
जाजरकोट र रुकुम पश्चिमका अस्पतालहरुमा विरामीले भरिएपछि उनीहरुलाई सुर्खेत रिफर गरिएको प्रदेश अस्पताल सुर्खेतले जनाएको छ । भूकम्पमा परी हालसम्म २०० भन्दा बढी घाइते भएका छन् भने १२९ जनाले ज्यान गुमाइसकेका छन् ।
प्रतिक्रिया