भूकम्पमा घाइते भएकाहरूको केएमसी अस्पतालले निःशुल्क उपचार गर्ने
काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी घाइते भएकाहरूको केएमसी अस्पतालले निःशुल्क उपचार गर्ने प्रतिबद्धता जनाएको छ ।
अस्पतालले एक विज्ञप्ति जारी गर्दै भूकम्पमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको उपचार गर्ने बताएको हो ।
कलेजका सल्लाहकार तथा मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य डा. सुनिल शर्माको सक्रियतामा निःशुल्क उपचारका लागि अस्पताल प्रतिबद्ध रहेको बताइएको छ ।
स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा भूकम्प प्रभावित क्षेत्रमा उपचार सामग्रीसहित स्वास्थ्य टोली पठाउन तयार रहेको पनि अस्पतालले जनाएको छ ।
अस्पतालमा उपचारका लागि सहजीकरण गर्न ९८०२३३५११९ (नारायणप्रसाद दाहाल र) ९८०२३३५११३ केएमसी रेस्पोन्स टीमलाई सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।