प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमार्फत बुद्ध एयरले एक करोड सहयोग गर्ने
काठमाडौं । बुद्ध एयरले प्रधानमन्त्री देवी प्रकोप राहत कोषमार्फत एक करोड सहयोग गर्ने घोषणा गरेको छ ।
बुद्ध एयरले आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमार्फत यस्तो जानकारी गराउँदै उद्धार तथा राहत सामग्री ढुवानी सहयोग गर्ने पनि प्रतिबद्धता जनाएको छ ।
बुद्ध एयरले सामाजिक सञ्जाल फेसबुक पेजमा लेखेको छ, ‘जाजरकोट तथा पश्चिम रुकुममा आएको प्राकृतिक विपदमा परि त्यहाँका थुप्रै नागरिकले ज्यान गुमाएका छन् । भूकम्पले थुप्रै परिवार घरबारविहीन भएका छन् । यस दुःखद परिस्थितिमा हामी सबै नेपालीले हातेमालो तथा सहयोगका लागि तत्पर हुनै पर्छ । हामी बुद्ध एयर परिवारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु एक करोड सहयोग दिने निर्णय गरेका छौँ । साथै उद्धार तथा राहत सामग्री ढुवानी सहयोगका लागि पनि वचनबद्ध छौँ ।’