एनसेलले भूकम्पपीडित राहत कोषमा ५० लाख सहयोग गर्ने
नेपाल प्रेस
२०८० कार्तिक १८ गते १५:२१
काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले भूकम्पपीडित राहत कोषमा ५० लाख सहयोग गर्ने भएको छ ।
कर्णाली प्रदेशको मुख्यमन्त्री राहत कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरिएको एनसेलका कानुनी तथा नियामक निकाय प्रमुख विशाल उपाध्यायले जानकारी दिए ।
त्यस्तै एनसलले भूकम्प प्रभावित क्षेत्रमा ४० लाख बराबरको भ्वाइस र र डाटा निःशुल्क गर्ने निर्णय पनि गरेको छ ।
यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भूकम्प प्रभावित क्षेत्रमा आवश्यक सहयोग गर्न र सेवा सुचारु गर्न निजी क्षेत्रका सेवा प्रदायकलाई आग्रह गरेको थियो ।
प्रतिक्रिया