लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावितको कोषमा डेढ करोड सहयोग गर्ने – Nepal Press

लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावितको कोषमा डेढ करोड सहयोग गर्ने

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि डेढ करोड सहयोग गर्ने भएको छ ।

शनिवार तुलसीपुरमा बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले डेढ करोड सहयोग गर्ने निर्णय गरेको अर्थमन्त्री धनबहादुर मास्कीले बताए ।

प्रदेश सरकारले गृहमन्त्री सन्तोष पाण्डेको नेतृत्वमा प्रभावित जिल्लामा टोली पठाउने निर्णयसमेत गरेको छ ।

लुम्बिनीले यसअघि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीको नेतृत्वमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री पठाइसकेको छ ।

यसैगरी बाँकेका विभिन्न अस्पतालमा घाइतेका लागि उपचारको व्यवस्थापन गर्नुका साथै बुटवलको लुम्बिनीको प्रादेशिक अस्पतालबाट मेडिकल टीम घटनास्थल पठाइएको छ ।

प्रदेशका विभिन्न स्थानीय सरकारले पनि राहत घोषणा गर्दै त्यसतर्फ लागेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर