अनेरास्ववियुका सचिव डा. कडरियाको नेतृत्वमा मेडिकल टोली भूकम्प प्रभावित क्षेत्रमा परिचालन – Nepal Press

अनेरास्ववियुका सचिव डा. कडरियाको नेतृत्वमा मेडिकल टोली भूकम्प प्रभावित क्षेत्रमा परिचालन

काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका सचिव डा. सुजन कडरियाको नेतृत्वमा मेडिकल टोली परिचालन गरेको छ ।

संगठनले एक प्रेस विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित क्षेत्रमा उद्धार र उपचारका लागि अनेरास्ववियुको तर्फबाट मेडिकल टोली संगठनका सचिव कडरिया र सञ्जीव धितालको नेतृत्वमा चिकित्सा संस्थानका स्ववियु सभापति डा. आनन्द सिंह र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा आबद्ध रहेका स्वास्थ्यकर्मीलाई शनिवार नै जाजरकोट र पश्चिम रुकुम पठाएको जनाएको हो ।

भूकम्प प्रभावित जिल्लासँग भौगोलिक सिमाना जोडिएका सबै जिल्लाका अनेरास्ववियुमा आबद्ध सबै सदस्यलाई तत्काल उद्धार, राहत र पुनः स्थापनामा जुट्न पनि संगठनले विशेष निर्देशन दिएको संगठनका अध्यक्ष समिक बडालले जारी गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी गराएका हुन् ।

संगठनले विपद्को घडीमा तत्काल उद्धार, उपचार र राहतमा जुट्न सरकार र सरोकारवाला सम्पूर्णलाई अनुरोध गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ, भने शोकाकुल परिवारजनमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर