भूकम्प प्रभावितलाई चीनले १० करोड बराबरको राहत सामग्री उपलब्ध गराउने
काठमाडौं । चीनले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि १० करोड रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराउने घोषणा गरेको छ ।
नेपालका लागि चिनियाँ राजदूत छन् सङले शनिवार साँझ सामाजिक सञ्जाल ट्विटरमार्फत चीनले नेपालको भूकम्प प्रभावित क्षेत्रका लागि १० करोड रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराउने घोषणा गरेका हुन् ।
राहत सामग्रीमा टेन्ट, कम्बललगायतका सामग्री हुने राजदूत सङले उल्लेख गरेका छन् । राहत सामाग्री एक-दुई दिनमा आइपुग्ने उनको भनाइ छ । साथै यो पहिलो चरणका आपत्कालीन सहायता भएको र थप सहयोग पनि उपलब्ध गराउने उनले बताए ।
As the first emergency response, China will provide materials worth 100 million NPRs to the earthquake-stricken area, including tents, blankets from #China_South_Asian_Countries_Emergency_Supplies_Reserve. All this material will arrive in couple of days. More aids are on the… pic.twitter.com/o8RRMLfUnh
— Ambassador Chen Song (@PRCAmbNepal) November 4, 2023