१० हजार ७ सय थान टेन्टसहित एपीएफको डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर भूकम्प प्रभावित क्षेत्रतर्फ – Nepal Press

१० हजार ७ सय थान टेन्टसहित एपीएफको डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर भूकम्प प्रभावित क्षेत्रतर्फ

काठमाडौं । जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि सशस्त्र प्रहरी बल नेपालको तीन वटा डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर टेन्ट लिएर त्यसतर्फ प्रस्थान गरेको छ ।

सशस्त्र प्रहरी सहायक निरीक्षक (असई)रामविश्वास यादवसहितको सुरक्षा फौज आइतबार विहान करिब पौने चार बजे तीन वटा कन्टेनरमा १० हजार ७ सय थान टेन्ट लिएर पश्चिम रुकुमको लागि हिडेको हो ।

उपत्यका स्थित सशस्त्र प्रहरी बल नेपाल नं २० विपद् उद्धार उपत्यका गणमा रहेको ७ सय थान र नं। २२ गुहेश्वरी गणमा भक्तपुरमा रहेको १० हजार थान टेन्ट लिएर तीन वटा कन्टेनर पठाइएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता एवम प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)राजेन्द्र खड्काले जानकारी दिए ।

उनका अनुसार यसअघि भुुकम्प पीडितका लागि आवश्यक सामाग्रीसहित दाङ्गबाट पश्चिम रुकुम र सुर्खेतबाट जाजरकोटको लागि दुई वटा डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर पठाई सकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *