गुल्शन झाले लिए ओमानको दोस्रो विकेट
नेपाल प्रेस
२०८० कार्तिक १९ गते १३:२८
काठमाडौं। विश्वकप छनोटको फाइनलमा नेपालविरुद्ध १८५ रनको लक्ष्य पछ्याइहरेको ओमानले दोस्रो विकेट गुमाएको छ।
अकिब इल्यास १९ बलमा तीन छक्का र दुई चौकासहित ३३ रन जोडेर आउट भए। १० औँ ओभरको चौथो बलमा उनी गुल्शन झाको बलमा आउट भएका हुन्। कश्यप प्रजापति ४७ रनमा खेल्दैछन्।
अकिब र प्रजापतीबीच दोस्रो विकेटका लागि ६७ रनको साझेदारी भयो। ओमानले २७ रन जोड्दा पहिलो विकेट गुमाएको थियो।
ओमानले १० ओभरमा २ विकेट गुमाएर ९७ रन जोडेको छ। ओमानलाई अब १० ओभरमा ८८ रन आवश्यक छ।
प्रतिक्रिया
सम्बन्धित खवर