पाकिस्तानी मूलका ४१ वर्षे ‘बुढा’ दुई ब्याट्सम्यानले नेपाललाई दिलाएको निराशा – Nepal Press

पाकिस्तानी मूलका ४१ वर्षे ‘बुढा’ दुई ब्याट्सम्यानले नेपाललाई दिलाएको निराशा

काठमाडौं। विश्वकप छनोटको फाइनलमा आइतबार नेपाल पराजित हुँदा ओमान टोलीमा रहेका पाकिस्तानी मूलका दुई ब्याट्सम्यान निर्णायक बने। संयोग नै मान्नुपर्छ, दुवै जना ४१ वर्षका।

नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याउनेक्रममा आठौं नम्बरमा आएका मोहम्मद नदिमले खेललाई सुपर ओभरमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेले। उनले ९ बलमा ५ चौकासहित २४ रन बनाए। १८ औँ ओभरको पाचौँ बलमा उनी ब्याटिङमा आएका थिए।

उनले आफूले सामना गरेका सुरुका तीन बलमा लगातार चौका प्रहार गरेका थिए। २० औँ ओभरमा ओमानलाई जितका लागि ८ रन आवश्यक रहेका बेला नेपालका सन्दीप लामिछानेले सुरुका तीन बलमा दुई विकेट लिएर एक रन मात्र खर्चिएका थिए।

चौथो बलमा एक रन लिएपछि ओमान थप दबाबमा आएको थियो। पाचौँ बलमा नदिमले चौका प्रहार गरेका थिए। रोहित पौडेलले छक्का हुन लागेको बललाई चौकामा सिमित गरेका थिए।

अन्तिम बलमा जितका लागि २ रन आवश्यक रहेका बेला नदीम दोस्रो रन लिनेक्रममा रनआउट हुन पुगे। पाकिस्तानको सियालकोटमा जन्मिएका नदिम टिममा बलिङ अलराउन्डरका रुपमा समावेश भएपनि आइतबार नेपालविरुद्ध उनले एक ओभर पनि बलिङ गरेका थिएनन्।

नदिमले सुपर ओभरमा पुर्या एपछि सियालकोटमै जन्मिएका अर्का नसिम खुसी चम्किए। उनले तीन वटा छक्का प्रहार गरेपछि ओमानले नेपाललाई २२ रनको कठिन लक्ष्य दिएको थियो। त्यसअघि नियमित ओभरमा छैटौँ नम्बरमा आएका खुसी केवल एक रन बनाएर आउट भएका थिए। तर कप्तान जिसन मकसुदले विश्वास गरेर सुपर ओभरमा उनलाई ब्याटिङमा पठाएका थिए।

नदिमले सन् २०१५ मा र खुसीले सन् २०१७ मा ओमानको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *