निर्माण व्यवसाय विकास परिषद्ले भूकम्प पीडितलाई २५ लाख दिने – Nepal Press

निर्माण व्यवसाय विकास परिषद्ले भूकम्प पीडितलाई २५ लाख दिने

काठमाडौं । निर्माण व्यवसाय विकास परिषद्ले भूकम्प पीडितलाई निर्माण व्यवसायले २५ लाख दिने भएको छ । नेपाल निर्माण व्यवसायी महासंघ सदस्य रहेको निर्माण व्यवसाय विकास परिषद्को आकस्मिक बैठक सो रकम दिने भएको हो ।

निर्माण व्यवसाय कोषबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ लाख रुपैया उपलब्ध गराउने निर्णय गरको हो । भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुम लगायतका जिल्लामा भएको ठूलो मानवीय एवं भौतिक क्षतिप्रति भएकोमा दुःख व्यक्त गरेको छ ।

विभिन्न संघसंस्थाहरुले उद्धार र राहतको लागि सहयोग रकम घोषणा गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर