भूकम्प प्रभावितलाई एमालेनिकट प्रवासी मञ्चले तत्काल एनआरएनमार्फत पठायो ७ लाख सहयोग
काठमाडौं । नेकपा एमालेनिकट प्रवासी नेपाली मञ्चले जाजरकोट भूकम्पबाट प्रभावित भएकाहरुको राहतका लागि तत्काल ७ लाख रुपैया सहयोग पठाएको छ ।
गैरआवासी नेपाली संघमार्फत भूकम्प प्रभावितलाई सो रकम उपलब्ध गराउन तत्काल अन्तर्राष्ट्रिय कमिटीबाट ५ लाख र युके तथा इजरायलको तर्फबाट एक एक लाख रुपैया पठाइएको मन्चका अध्यक्ष सन्जय थापा र महासचिव हेम शेर्पाले विज्ञप्तिमार्फत जनाएका छन् ।
एनआरएनए अध्यक्ष डा. बद्री केसी,उपाध्यक्ष रोजिना प्रधान राई र महासचिव गौरी जोशीसहितको टोली आइतबारै राहत सामग्रीसहित जाजरकोट प्रस्थान गरिसकेको छ । सोही टोलीमा राहत रकमसहित प्रवासी मन्चका डा. बिमला भण्डारी, दक्षिण कोरियाका अध्यक्ष सिर्जना नेपालीसहितको टोली पनि प्रभावित क्षेत्रमा प्रस्थान गरेको जनाइएको छ ।