भूकम्प प्रभावितलाई कांग्रेस निकट कर्मचारी युनियनको तर्फबाट ११ लाख राहत पठाउने निर्णय

२०८० कार्तिक १९ गते १८:२४

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनले कर्णालीका भूकम्प प्रभावितको लागि कर्मचारीहरुको तर्फबाट आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।
युनियनको आइतबार बसेको आकस्मिक बैठकले प्रभावितहरुको तत्काल राहतका लागि संगठनको तर्फबाट ११ लाख ११ हजार १११ रुपैयाँ राहत पठाउने निर्णय भएको सचिव झविन्द्र पोखरेलले बताए ।
सो रकम सरकारी संयन्त्रमार्फत पीडितहरुसमक्ष पठाइने पोखरेलले जानकारी दिए ।
प्रतिक्रिया
सम्बन्धित खवर