विश्वकपमा खराब प्रदर्शनबीच खेलकुद मन्त्रीले गरे श्रीलंकन क्रिकेट बोर्ड निलम्बन – Nepal Press

विश्वकपमा खराब प्रदर्शनबीच खेलकुद मन्त्रीले गरे श्रीलंकन क्रिकेट बोर्ड निलम्बन

कोलम्बो। श्रीलंकाका खेलकुद मन्त्री रोसन रानासिंघेले त्यहाँको राष्ट्रिय क्रिकेट बोर्ड निलम्बन गरेका छन् ।

भ्रष्ट्राचार र अनियमितताको आरोप लगाउँदै रानासिंघेले अर्जुन रानातुंगाको संयोजकत्वमा तदर्थ समिति बनाएका छन्। रानासिंघेले त्यसअघि बोर्ड पदाधिकारीलाई राजीनामा दिन आग्रह गरेका थिए ।

गत वर्ष अस्ट्रेलियामा भएको टी-२० विश्वकपका क्रममा श्रीलंकन क्रिकेट बोर्डका पदाधिकारीले अनियमितता गरेको आरोप लगाइएको छ । सात सदस्यीय तदर्थ समितिमा तीन जना पूर्व न्यायाधीशलाई पनि राखिएको छ ।

भारतमा जारी एकदिवशीय विश्वकपमा श्रीलंकाले खराब प्रदर्शन गरिरहेको छ । ७ खेल खेल्ने क्रममा केवल २ खेल जितेको श्रीलंका पहिलो चरणबाटै बाहिरिने संघारमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *