नेकपा एसले भूकम्पपीडितको राहतका लागि २५ लाख जम्मा गर्ने – Nepal Press

नेकपा एसले भूकम्पपीडितको राहतका लागि २५ लाख जम्मा गर्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादी ले भूकम्पपीडितका लागि २५ लाख रूपैयाँ राहत जम्मा गर्ने निर्णय गरेको छ । सोमबारको सचिवालय बैठकले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो ।

बैठकले राजनीतिक नियुक्ति लिएकालाई १५ दिनको पारिश्रमिकबराबरको रकम पनि पार्टीमा जम्मा गर्न भनेको छ ।

कार्यकर्ताबाट रकम संकलन गरी दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको नेकपा एस प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर