नेकपा एसले माघ दोस्रो साता राष्ट्रिय महाधिवेशन गर्ने
काठमाडौं । नेकपा एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन माघ १४-१८ गतेसम्म काठमाडौंमा हुने भएको छ । सोमबारको सचिवालय बैठकले महाधिवेशन मिति तय गरेको हो । बैठकले पार्टी अध्यक्ष माधव नेपाल नेतृत्वको टोलीको मंगलबारबाट सुरू हुने चीन भ्रमणले दुईदेशको सम्बन्ध थप प्रगाढ बढाउने विश्वास लिइएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
नेकपा एस गठन भएको करिब २ वर्ष भयो ।
त्यस्तै पार्टीको १५ दिने समाजवादी जागरण अभियानको समीक्षा गर्दै प्रभावकारी रुपमा सम्पन्न भएको बैठकले निष्कर्ष निकालेको छ ।
सचिवालय बैठकले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा उद्धार, राहतलगायतका सहयोगका लागि उपमहासचिव प्रकाश ज्वालाको नेतृत्वमा कार्यदल गठन गरेको छ ।
सोमबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले पार्टीका तर्फबाट अनुगमन र सहयोगका लागि ज्वालाको नेतृत्वमा अमर थापा, नन्दा चपाई, धन बहादुर बुढा लगायतसहितको अनुगमन राहत तथा उद्धार कार्यदल गठन गरेको हो ।