लाजिम्पाटमा कल सेन्टरमार्फत अनलाइन बेटिङ गराएको आरोपमा भारतीयसहित २ जना पक्राउ
नेपाल प्रेस
२०८० कार्तिक २० गते १७:२५
काठमाडौं । काठमाडौंको लाजिम्पाटस्थित एक कल सेन्टरबाट अनलाइन बेटिङ गराएको आरोपमा भारतीयसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको महाराष्ट्रका ४२ वर्षीय गौरव देसाई र काठमाडौं महानगरपालिका–३ का ४७ वर्षीय राजिव शर्मा पान्डे रहेका छन् । प्रहरीले २९ थान डेस्कटप कम्प्युटर र एउटा ल्यापटप पनि बरामद गरेको छ ।
उनिहरुमाथी अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर