भूकम्प पीडितलाई एमाले बागमती संसदीय दलको साढे ५ लाख सहयोग
नेपाल प्रेस
२०८० कार्तिक २० गते १७:३०
हेटौंडा । नेकपा (एमाले) बागमती प्रदेशको संसदीय दलले भूकम्प पीडितका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको छ ।
गत कात्तिक १७ गते राति कर्णाली प्रदेशको जाजरकोट केन्द्रविन्दु बनाई गएको विनाशकारी भूकम्पबाट प्रभावित नागरिकलाई सहयोगार्थ ५ लाख ७० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाले जानकारी दिए ।
एमाले संसदीय दलको तर्फबाट प्रदेश सभा सदस्य तथा पदाधिकारीहरुको १२ दिनको तलब बापतको उक्त रकम सरकारको राहतकोषको खातामा जम्मा गर्ने निर्णय भएको उनले बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर