आरती शाह मृत्यु प्रकरण : धनुषाका एसपी खड्काको जिम्मेवारी खोसियो
नेपाल प्रेस
२०८० कार्तिक २१ गते ११:४५
काठमाडौं । प्रहरी प्रधान कार्यालयले एसपी विश्वराज खड्कालाई धनुषा प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाएको छ । खड्कालाई प्रहरी प्रधान कार्यालय तानिएको छ ।
आरती शाह मृत्यु प्रकरणमा खड्कालाई हटाइएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।
आरती शाह मृत्यु प्रकरणमा अनुसन्धान कमजोर गरेको आरोप मृतकका आफन्तहरूले लगाउँदै आएका छन् । ५ महिनाभन्दा बढी समयदेखि उनीहरू आन्दोलनरत छन् ।
आरती जेठ ७ गते आफ्नै घरमा मृत भेटिएकी थिइन् । यस प्रकरणमा पक्राउ परेका आरतीका श्रीमान् र ससुरा मुद्दा पुर्पक्षका लागि कारागार चलान भएका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर