भूकम्पले ध्वस्त बनाएको बस्ती : कोही शोकमा, कोही भोकमा (तस्बिरहरू) – Nepal Press

भूकम्पले ध्वस्त बनाएको बस्ती : कोही शोकमा, कोही भोकमा (तस्बिरहरू)

कैलाली । शुक्रबार जाजरकोट केन्द्रबिन्दु बनाएर आएको भूकम्पले ११ जिल्ला प्रभावित भएका छन् । जाजरकोट र रुकुम पश्चिम सबैभन्दा बढी प्रभावित छ । यहाँका घरहरू ध्वस्त भएका छन् ।

हालसम्म १५३ जनाको मृत्यु भइसकेको छ भने सयौँ अहिले पनि अस्पतालको शय्यामा छन् । भूकम्पले घर विहीन भएकाहरू अहिले सम्म पनि खुल्ला आकाशमुनि त्रास पूर्ण रूपमा बसिरहेका छन् । उनीहरु कोही शोकमा छन् कोही भोकमा छन् ।

भूकम्प प्रभावित क्षेत्रका बासिन्दा घरबाहिर खाली स्थानमा सामूहिक रूपमा बस्न बाध्य छन् । प्रभावित क्षेत्रमामा सरुवा रोगको संक्रमण समेत बढ्न सक्ने खतरा बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *