तिहारमा आतसबाजी र तासजुवा नखेल्न प्रहरीको अनुरोध, ड्रोनबाट निगरानी गरिने (भिडिओ) – Nepal Press

तिहारमा आतसबाजी र तासजुवा नखेल्न प्रहरीको अनुरोध, ड्रोनबाट निगरानी गरिने (भिडिओ)

काठमाडौं । नेपाल प्रहरीले तिहारमा पटका, भूइँचम्पा, आतसबाजी जस्ता विस्फोटक पदार्थ नपड्काउन अनुरोध गरको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयले पटका, भूइँचम्पा, आतसबाजीजस्ता कार्यहरु कानूनद्वारा बर्जित गरिएकाले त्यस्ता कार्यहरु नगर्न अनुरोध गरेको हो । तिहार, नेपाल सम्वत, छट पर्वका अवसरमा सुरक्षाका लागि आकस्मीक रुपमा चेक प्वाइन्ट खडा गर्ने र भिडभाड हुने स्थानमा ड्रोन मार्फत निगरानी गरिने कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

लङ्गुरबुर्जा, जुवा र तासलगायत हारजित हुने खेल खेल्ने वा खेलाउने कार्य नगर्न र नगराउन समेत अपिल गरिएको उनले बताए । नगद, बहुमूल्य सामान, गरगहना र महँगा मोबाइल फोनसहित भीडभाडमा सकेसम्म नजान समेत कार्यालयले अपिल गरेको छ । त्यस्तै, सकेसम्म डिजिटल प्रविधिमार्फत रकमको कारोबार गर्न, आफ्नो मोबाइल बैंकको ओटिपी कोड सुरक्षित राख्न पनि अनुरोध गरिएको प्रवक्ता मैनालीले जानकारी दिए ।

त्यस्तै, चेकबाट कारोबार गर्नुपर्ने अवस्थामा आफ्नो रकमले खाम्ने अङ्कको मात्र चेक जारी गर्न पनि अनुरोध गरिएको उनले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *