एभरेष्ट बैंकका नवनियुक्त अध्यक्ष डा. बालगोपाल वैद्यद्वारा शपथ ग्रहण – Nepal Press

एभरेष्ट बैंकका नवनियुक्त अध्यक्ष डा. बालगोपाल वैद्यद्वारा शपथ ग्रहण

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष डा. बालगोपाल वैद्यले पद तथा गोपनियताको शपथ लिएका छन् ।

नेपाल राष्ट्र बैंकका गभर्नरसमक्ष अध्यक्ष डा. वैद्यले शुक्रबार पद तथा गोपनियताको शपथ लिएका हुन् ।

बैंकको बिहीबार सम्पन्न ३६०औं सञ्चालक समितिको बैठकले सञ्चालक डा. वैद्यलाई अध्यक्ष नियुक्त गरेको थियो ।

२० वर्षदेखि बैंकको सञ्चालक समिति सदस्य रहेका वैद्य लामो समयदेखि अर्थविज्ञका रुपमा समेत काम गरिरहेका थिए । राष्ट्रिय योजना आयोगका पूर्वसदस्य वैद्यले फिलिपिन्सबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *