नेपाली बजारमा टीभीएस अपाचे आरटीआर १६० भीफोर एफआई सार्वजनिक – Nepal Press

नेपाली बजारमा टीभीएस अपाचे आरटीआर १६० भीफोर एफआई सार्वजनिक

काठमाडौं । टीभीएस मोटर कम्पनीले नेपाली बजारमा अपाचे आरटीआर १६० भीफोर एफआई सार्वजनिक गरेको छ ।

कम्पनीले शक्तिशाली फ्युल इन्जेक्टेड १५९.७ सीसी इन्जिनका साथ स्पोर्ट्स मोटरसाइकल टीभीएस आरटीआर १६० भीफोर एफआई सार्वजनिक गरेको हो ।

सार्वजनिक नयाँ संस्करणमा हरेक मौसम र बाटोको अवस्थालाई विशेष ध्यानमा राखी राइड मोड्सका साथै रेस इनेबल्ड कनेक्टिभिटीका लागि टीभीएस स्मार्टएक्सकनेक्टको सुविधासमेत उपलब्ध गरिएको कम्पनीले जनाएको छ ।

त्यस्तै नयाँ टीभीएस अपाचे आरटीआर १६० भीफोर एफआईले बजारमा उपलब्ध श्रेणीकै सर्वाधिक शक्तिशाली मोटरसाइकलका रुपमा टीभीएसले ट्राफिक तथा हाइवेको यात्रामा समेत स्मुथ र आरामदायी यात्राको सुनिश्चितता दिने कम्पनीको दाबी छ ।

त्यसैगरी मोटरसाइकलमा फेदर टप स्टार्ट, वेभ बाइट इग्निशन कि, थप हल्का तर सुदृढ कार्य क्षमतासहितको बुलपप् एक्जस्ट पनि जडान गरिएको छ । अत्याधुनिक फ्युल इन्जेक्शन प्रणालीमार्फत बाइकले १७.५५ पीएसको शक्ति र १४.७३ एमएमको टर्क उत्सर्जन गर्ने क्षमता राख्ने जनाइएको छ ।

श्रेणीमै पहिलो पटक उपलब्ध गरिएको थ्री राइड मोड (अर्बन, रेन र स्पोर्ट्स)मार्फत राइडरले मौसमको अवस्था र बाटो हेरी अनुकूल इन्जिन परफर्मेन्स तथा एबीएस प्रतिक्रियाको छनोट गर्न सकिनेछ । फोरभी एफआई फ्युल इन्जेक्टेड १५९.७ सीसी सिंगल सिलिन्डर फोर भल्भ एसओएचसी आयल कुल्ड मोटरले १७.५५ पीएसको अधिकतम शक्ति ९ हजार २५० आरपीएममा र १४.७३ एनएम पिक टर्क, ७ हजार २५० आरपीएममा उत्पादन गर्ने क्षमता राख्ने कम्पनीको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर