दक्षिण कोरियाको स्वाद अब नेपालमा, आन्योङ्ग चिकेन
काठमाडौं । पछिल्लो समयमा युवा पुस्तामाझ कोरियन खाना, कला, संस्कृति, पहिरन, गीत संगीत, चलचित्र तथा नाटकहरूको प्रभाव बढ्दो छ । नेपालमा अहिले कयौँ कोरियन रेस्टुरेण्टहरु खुलेका छन् ।
यसैबिच, नेपालमा पहिलो पटक दक्षिण कोरियामा निकै प्रसिद्ध फ्राईड चिकेन ब्राण्ड आन्योङ्ग चिकेनको दोस्रो आउटलेट आजबाट ठमेल स्थित छाँयादेवी कम्प्लेक्स मा खुलेको छ । फ्राईड चिकेन पारखीको लागि यस रेस्टुरेण्टमा सस र सिजनिगंमा दजर्नौ स्वादका कोरियन फ्राईड चिकेन पस्किने रेस्टुरेण्ट सञ्चालक सोफिन श्रेष्ठले बताए ।
करिब १ करोड लगानीमा खुलेको यो रेस्टुरेण्टको इन्टेरियर पनि अत्यन्तै आकर्षक रहेको छ । सञ्चालक श्रेष्ठले यो एक पारिवारिक रेस्टुरेण्ट हो भएकाले बच्चादेखि ज्येष्ठ नागरिकसम्म हरेक उमेर समूहले चिकेन तथा पारिवारिक वातावरणको आनन्द लिन सक्ने बताए ।
आन्योङ्ग चिकेनको पहिलो आउटलेट चाबहिल सरस्वती नगरमा गतवर्ष खुलेको थियो । विशेष गरी युवा पुस्तामाझ यस रेस्टुरेण्टको अकबरे फ्राईड चिकेन निकै प्रसिद्ध रहेको छ । दोस्रो आउटलेट सुरुवातको उपलक्ष्यमा आन्योङ्ग चिकेनले हरेक परिकारमा ११ प्रतिशत छुटको व्यवस्था गरेको छ ।