जाजरकाेट भूकम्प प्रभावितलाई अस्थायी आवास बनाउन सरकारले प्रतिपरिवार ५० हजार दिने – Nepal Press

जाजरकाेट भूकम्प प्रभावितलाई अस्थायी आवास बनाउन सरकारले प्रतिपरिवार ५० हजार दिने

काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएको भूकम्प पीडितलाई अस्थायी आवासका लागि प्रतिपरिवार ५० हजारका दरले सहयोग उपलब्ध गराउने भएको छ ।

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको भर्खरै सम्पन्न बैठकले उक्त रकम २५-२५ हजारका दरले दुई किस्तामा उपलब्ध गराउने निर्णय गरेको हो ।

साथै बझाङ केन्द्रविन्दु बनाइ गएको भूकम्पबाट पीडितलाई अस्थायी आवासका लागि पनि प्रतिपरिवार ५० हजार उपलब्ध गराउने यसअघिको उपप्रधान एवम् गृहमन्त्रीस्तरीय निर्णयलाई अनुमोदनसमेत गरेको छ ।

बैठकले राहत उपलब्ध गराउन जाजरकोट र रुकुम पश्चिमलाई पाँच–पाँच करोड उपलब्ध गराउने कार्यकारी प्रमुखस्तरीय निर्णयको अनुमोदन गरेको छ ।

जाजरकोट, पश्चिम रुकुम र सल्यानमा प्रमुख जिल्ला अधिकारीले प्रतिकार्यका लागि गर्नसक्ने खर्च र सीमासमेत तोकेको छ । भूकम्पको कारण क्षति भएका निजी आवास, सार्वजनिक भवन र संरचनाको प्रवलीकरण, पुनर्निर्माण र पुनःस्थापना योजना बनाउन विस्तृत क्षति आंकलन–मूल्यांकन जनशक्ति र खर्चबारे समेत बैठकले आवश्यक निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *