काठमाडौं उपत्यकामा देउसी भैलोको रौनकता कम भएको हो ? (भिडिओ) – Nepal Press

काठमाडौं उपत्यकामा देउसी भैलोको रौनकता कम भएको हो ? (भिडिओ)

काठमाडौं । नेपालीहरूको महान चाँड तिहारमा खेलिने देउसी भैलोको रौनकता पछिल्लो समय उपत्यकामा कम हुँदै गएको छ ।

तिहारमा खेलिने देउसी र भैलीको आफ्नै महत्व र मान्यता भएपनि पछिल्लो समय उपत्यकामा यसको रौनतकता कम हुँदै गएको छ । कतै भने सामुहिक रुपमा देउसी भैलो खेलेर सामाजिक कामहरु गरेको पनि सुनिन्छ । लक्ष्मीपूजाको दिन साँझमा घरघरमा लक्ष्मीपूजा गरेपछि रातभरि गाइने गाथालाई भैलो भनिन्छ ।

भैलो महिलाले गाउँछन्, विशेषगरी साना नानी र किशोरीहरू भैली खेल्न जाने गर्दछन् । त्यसको भोलिपल्ट भने देउसी खेलिन्छ । गोवर्धनपूजाका दिन पुरुषहरूले देउसी खेल्ने परम्परा छ । कतिपय ठाउँमा त तिहारमा सुरु भएको देउसी एकादशीसम्म चल्ने गर्दछ ।

देउसी र भैलोको प्रसंगमा बलिराजाको कथा जोडिएर आउँछ । पौराणिक कथन अनुसार दानवराज बलिले वामन अवताररूपी विष्णुले मागेको तीन पाइला जमिन मध्ये दुई पाइलामा सम्पूर्ण भू–भाग ढाकिएकोले तेस्रो पाइलामा आफ्नो शिर दिएका थिए । त्यसबेला विष्णुले ‘देऊ शिर’ भनी मागेकाले अपभ्रंश भई अहिले देउसीको गाथा चलेको कथन छ ।

ठाउँ अनुसार देउसी र भैलो फरक फरक तरिकाले खेल्ने र भट्याउने गरिएको पाइन्छ । भैलिनीहरू सुरुवातमै भैली खेल्न आएको घरबेटीको घरको मनमोहक दीपावली सहितको लक्ष्मीपूजाको वर्णन गर्दै भैलो शुरु गर्दछन् । श्रद्धाले दिएको चामल, भेटी, सेलरोटी फलफूल आदि ग्रहण गर्दै भैलिनीहरू घरभेटीलाई आशिर्वाद दिन्छन् । भैलिनीहरूले दिएको आशिर्वाद लाग्छ भन्ने धार्मिक मान्यता छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर