तस्बिरमा हेर्नुस् काठमाडौंमा दीपावलीको रमझम
काठमाडौं । शुभदीपावलीको अवसरमा शहर धपक्कै बलेको छ । काठमाडौं उपत्यकाका मुख्य स्थानहरु लक्ष्मी पूजाका दिन विशेष ढंगले सजिसजावट गरिएका छन् ।
धनको देवीको रुपमा रहेकी लक्ष्मी माताको पूजा आरधनाका लागि हरेक पसल तथा व्यवसायिक मलहरु सिंगारिएका छन् । आफ्नो परिसरका स्थानहरु सरसफाइ गरेर विभिन्न रंगरोगन तथा दियो एवम् विद्युतीय बत्तीहरुको संयोजनले काठमाडौंका मुख्य क्षेत्रहरु हेर्न लायक बनेका छन् ।
त्यस्तै, कमलादीस्थित स्काइ वाकबाट काठमाडौंको मनमोहक दृश्यहरु देखिएका छन् ।
नेपाल प्रेसले उपत्यकाका मुख्य भागमा देखिएको मनोरम दृश्यलाई कैद गरेको छ ।
तस्बिरमा हेर्नुस् काठमाडौंको रमझमः