टिकटक प्रतिबन्ध- सरकारको कदममा अधिनायकवाद र भूराजनीतिक गन्ध
टिकटकसँग तर्सेको सत्तालाई प्रश्न- रोग निको पार्ने कि रोगीलाई नै मार्ने ?
नेपाली जनता तिहार र नयाँ वर्ष (नेपाल संवत्) को बिदामा आआफ्नै धुनमा रमाइरहेका बेला सरकारले टिकटक प्लेटफर्ममाथि प्रतिवन्ध लगाउने निर्णय गर्यो । विरोध कम हुने दिन छानेर सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय लिएकोमा कुनै शंका छैन ।
उहिले राजाले जनता चाडबाड मनाउन मस्त भएका बेला विवादित छविका छोरालाई युवराज घोषणा गरे जस्तै सरकारले यसपटक अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकलाई क्याबिनेटको निर्णयबाट खोस्न तिहारको रमझमकै दिनलाई रोज्यो ।
टिकटकमाथिको प्रतिवन्धलाई लिएर सत्तारुढ दलका नेताहरु नै विभाजित छन् । विपक्षी दलका नेताहरु पनि विभाजित छन् र स्वाभाविक रुपमा समाज पनि विभाजित छ । टिकटकले ल्याएका विकृतिका कारण सामाजिक मनोविज्ञान विभाजित भएकै बेला सरकारले मौका छोपेको छ ।
संविधानले दिएको हक कानून बनाएर व्यवस्थित गर्न सकिन्छ । तर, मन्त्रिपरिषदको निर्णयबाट सरकारले जे गर्न खोजेको छ, यसले बाख्रो मरेको भन्दा स्याल पल्केकोमा सचेत बन्नुपर्छ ।
भूराजनीतिक चलखेल कि गणतन्त्रविरोधी भेल ?
प्रविधिको हरेक नयाँ आविस्कार वा विकासले केही साइड इफेक्ट सँगसँगै जन्माएको हुन्छ । त्यसलाई न्यूनीकरण गर्दै प्रविधिलाई परिस्कृत र परिमार्जन गर्दै लैजानु अहिलेको समयको चुनौती हो । साइड इफेक्टलाई देखाएर प्रविधिलाई नै अस्वीकार गर्नु चाहिँ मूर्खताबाहेक केही होइन । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भने जस्तो कपालमा चाया परे भनेर टाउको काट्न मिल्दैन ।
नेपालमा चिनियाँ एप टिकटकले फेसबुकलाई समेत ओझेलमा पार्ने गरी चर्चा र लोकप्रियता कमाइरहेको थियो । त्यसैले कतै न कतै सरकारको यो निर्णयमा भूऔराजनीतिक स्वार्थ पनि मिसिएको हुनसक्ने अनुमान गर्न सकिन्छ ।
सरकारकी प्रवक्ता रेखा शर्माले टिकटकबाट विभिन्न विकृतिहरु मौलाएकाले हालका लागि बन्द गर्ने निर्णय लिइएको बताइन् । सरकारले कस्तो विकृतिलाई इंगित गरेको हो भन्ने प्रस्ट पारेको छैन । तर, पछिल्लो समय सामाजिक सञ्जालमा सरकारविरोधी जनमत बढिरहेको र खासगरी टिकटकमा गणतन्त्रविरोधी रुझान आक्रामक रुपमा प्रकट हुन थालेपछि सरकार डरले काँपेको महसुस गर्न सकिन्छ । योबाहेक अरु सहायक कारणहरु पनि थुप्रै छन् ।
नेपालमा चिनियाँ एप टिकटकले फेसबुकलाई समेत ओझेलमा पार्ने गरी चर्चा र लोकप्रियता कमाइरहेको थियो । त्यसैले कतै न कतै सरकारको यो निर्णयमा भू-राजनीतिक स्वार्थ पनि मिसिएको हुनसक्ने अनुमान गर्न सकिन्छ ।
विगत केही वर्षयता विशेषगरी सर्वोच्च अदालतको परमादेशबाट वर्तमान सत्ता गठबन्धनले सरकारको नेतृत्व लिएदेखि नै नेपालमा इण्डो-अमेरिकी प्रभाव सतहमै देखिनेगरी बढेको छ । चीनलाई चिढ्याउने कैयौं निर्णय यसबीचमा भएका छन् ।
चीनसँग सुमधुर सम्बन्ध नभएका भारतलगायत थुप्रै देशहरुले टिकटकमाथि प्रतिबन्ध लगाएका छन् । नेपाल तिनै देशहरुको पङ्क्तिमा मिसिएको छ । लोकतान्त्रिक वा उदार समाज नभएका देशहरुमा पनि टिकटकमाथि प्रतिवन्ध छ । नेपाल यी देशहरुको पंक्तिमा पनि मिसिएको छ ।
कतै भूराजनीतिक शक्तिहरुलाई खुशी बनाउन सरकारले उत्तरी छिमेकबाट आयातित एप बन्द गराएको त होइन भन्ने आशंकासमेत कतिपयले गर्न थालेका छन् । यो शंकाको सुविधा दिने प्रशस्त आधारहरु पनि छन् । यदि विकृतिकै कुरा गर्ने हो भने टिकटकको ठाउँमा फेसबुक, इन्स्टा वा ट्वीटरबाट झनै घातक र मान्छेलाई आत्महत्यासम्म पुर्याउने घटनासमेत भएकै छन् ।
सरकारले टिकटकमा रोक लगाउने निर्णय गर्दा एउटा उल्लेख्य जनमतले यसको स्वागत गरेको पनि देखियो । स्वागत गर्नेहरुका विभिन्न क्याटेगोरी छन् । जसले टिकटक नै चलाउँदैनन् वा यसको विषयमा थाहा छैन, उनीहरु सरकारको समर्थनमा छन् ।
टिकटककै कारण नेपाली संगीतको अन्तर्राष्ट्रियकरण हुन थालेको थियो । उदाहरणका लागि वर्षौं पुरानो एउटा गीत ‘बादल वर्षा बिजुली…’ अहिले विश्वव्यापी भाइरल भइरहेको छ । विदेशी नागरिकहरुले यो गीतमा टिकटमा हजारौं लाखौं भिडिओ बनाएका छन् ।
जसका लागि टिकटक टाउको दुखाइ बनिरहेको थियो, खासगरी राजनीतिक वृत्तको एउटा हिस्सा पनि सरकारको निर्णयबाट खुशी छ । यसबाहेक आफ्नो पार्टीको सरकारले जे रे पनि ताली बजाउन अभ्यस्त समर्थक र कार्यकर्ताहरुले त स्वागत गर्ने नै भए ।
तर, तटस्थ आँखाबाट हेर्दा नेपाल जस्तो लोकतान्त्रिक प्रणाली भएको वा भएको दावी गरिएको राष्ट्रमा आमजनतामा लोकप्रिय एउटा सामाजिक सञ्जाललाई बन्द गराउनु सरकारको अधिनायकवादी र स्वेच्छाचारी कदम हो । यसलाई सरकार जनआवाजसँग डराएको मान्न सकिन्छ ।
विकृतिको बाहक कि व्यवसायको साधक ?
टिकटक एउटा मनोरञ्जनको साधनमात्र होइन, यसको उपयोगिता असीमित छ । कतै पनि अवसर नपाएका प्रतिभाहरुले टिकटकबाट प्रस्फुटन हुन पाएका थिए । पछिल्ला दिनमा धेरै कलाकार टिकटकले नै जन्माइरहेको छ । टिकटक व्यवसाय प्रवर्द्धनको निःशुल्क र प्रभावकारी माध्यम बनिरहेको थियो । स्वरोजगार बन्न टिकटकले सघाइरहेको थियो ।
नेपाली गीतसंगीतमा टिकटकले दिएको योगदान अतुलनीय छ । विगतमा विदेशी गीतहरुमा झुम्ने र नेपाली गीतसंगीत थाहै नहुने युवा पुस्ता पछिल्ला वर्षहरुमा नेपाली गीतमै रमाउन थालेका छन् । हिजोआज जति पनि गीत हिट छन्, त्यसमा टिकटककै ठूलो हात छ ।
दर्शक स्रोताले बिर्सिसकेका वा अहिलेको पुस्ताले नसुनेका पुराना गीत-संगीतहरुलाई टिकटकले ब्युँताएको थियो । कालजयी सर्जकहरुलाई नयाँ पुस्तामा चिनाएको थियो ।
टिकटककै कारण नेपाली संगीतको अन्तर्राष्ट्रियकरण हुन थालेको थियो । उदाहरणका लागि वर्षौं पुरानो एउटा गीत ‘बादल वर्षा बिजुली…’ अहिले विश्वव्यापी भाइरल भइरहेको छ । विदेशी नागरिकहरुले यो गीतमा टिकटमा हजारौं लाखौं भिडिओ बनाएका छन् ।
टिकटक नै पैसा कमाउने स्रोतसमेत बनेको थियो कतिपयका लागि । आफ्नो सिर्जनशीतामार्फत लाखौं फलोअर्स कमाएकाहरुले टिकटकबाट लाखौं आम्दानी गर्न थालेका थिए ।
जनभावना अभिव्यक्त हुने सबैभन्दा अर्गानिक माध्यम पनि थियो टिकटक । कुनै पनि दल विशेषप्रति आस्था नराख्ने, नेता विशेषसँग अनुराग नभएका गृहिणी र युवा पुस्ता सबैभन्दा बढी टिकटकमा जोडिएका छन् । उनीहरुको अभिमत नै वास्तविक जनअभिमत हो ।
हो, ट्यापट्याप भन्दै भिख माग्नेहरुको कमी थिएन । तर, यो भनेको बाध्यकारी होइन । कसैले माग्दैमा दिनैपर्छ भन्ने हुँदैन । अनि स्वेच्छाले दिएकोलाई आरिस गर्नुको पनि औचित्य छैन ।
टिकटक सबैभन्दा बढी नेपालका गृहिणी महिलाहरुमा लोकप्रिय थियो । घरको चुलोचौकोमा सीमित हुने महिलाहरु टिकटकमार्फत बाहिरी दुनियाँसँग जोडिन सकेका थिए । आफूमा गुम्सिएर रहेको कलालाई प्रस्तुत पर्न पाएका थिए । त्यो अवसरबाट उनीहरु वञ्चित बनेका छन् ।
टिकटक सूचनाको पहिलो स्रोतसमेत बन्दै थियो । मूलधारका सञ्चारमाध्यमको पहुँच नपुगेका वा उनीहरुले बर्जित गरेका विषयवस्तुहरु टिकटकमा आउने गर्थे । पहुँचवालाहरुले सञ्चारमाध्यमलाई प्रभावमा लिन सम्भव छ । तर, सामाजिक सञ्जाललाई प्रभावमा लिन सम्भव हुँदैन । त्यसैले सञ्चारमाध्यमले लुकाएका कुराहरु टिकटकले छताछुल्ल बनाउने गरेका थिए ।
प्रयोग र दुरुपयोगको भेद
थुप्रै चर्चित व्यक्तिहरुका यौनकाण्ड टिकटकबाट उजागर भएका छन् । अपराध र घटना-दुर्घटनाका भिडिओ फुटेजहरु टिकटकमै फेला पर्ने गरेका थिए । प्रहरी अनुसन्धानमा सहयोगी बनेको थियो टिकटक ।
जनभावना अभिव्यक्त हुने सबैभन्दा अर्गानिक माध्यम पनि थियो टिकटक । कुनै पनि दल विशेषप्रति आस्था नराख्ने, नेता विशेषसँग अनुराग नभएका गृहिणी र युवा पुस्ता सबैभन्दा बढी टिकटकमा जोडिएका छन् । उनीहरुको अभिमत नै वास्तविक जनअभिमत हो ।
निराशामा रहेका वा डिप्रेसनबाट गुज्रिरहेकाहरुका निम्ति ‘ओखती’ थियो टिकटक । निराशा बिर्साउन, मन बहलाउन टिकटकले सहयोग गरेको धेरैको अनुभव छ । टिकटकमा विकृतिहरु नबढेका होइनन् । टिकटकमार्फत विभिन्न मानिसहरुको चरित्रहत्या गर्ने, कुनै पनि घटनाको अन्तर्यमा नबुझिकन गालीगलौज र लाञ्छना लगाउने, अश्लीलता प्रदर्शन गर्ने, भाइरलमोहमा मनपरी बोल्ने जस्ता यावत विकृतिहरु मौलाइरहेका नै थिए ।
टिकटकमा आउने भद्दा कमेन्ट र ‘आरआईपी’ वर्षाले थुप्रै व्यक्तिहरुलाई डिप्रेसनको अवस्थामा पु¥याएको छ । तर, यस्ता विकृति टिकटकमा मात्रै छैनन् । फेसबुक र ट्विटरमा पनि छन् । गालीगलौज र चरित्रहत्या त सबैभन्दा बढी ट्विटरबाट हुन्छ । सामाजिक सञ्जाल नियमन गर्ने कडा कानून ल्याएर यसको एकमुष्ट समाधान खोज्न सकिन्थ्यो ।
संसदबाट कानून बनाएर सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित बनाउने र सामाजिक सञ्जाल प्लेटफर्महरुलाई नेपालमा दर्ता गराएर आर्थिक कारोबारलाई समेत कानूनी दायरामा ल्याउने सुल्टो बाटो छाडेर सरकार तजबिजी निर्णयमार्फत यस्ता सञ्जाल बन्द गराउन उद्यत हुनु अन्ततः अधिनायकवादी बाटो नै हो ।
त्यसो त प्रयोगकर्ता आफैं सचेत र सतर्क भएमा पनि खराब चिजहरुबाट बच्न सकिन्छ । खासमा, टिकटकले तपाईं कस्ता विषयहरु बढी हेर्नुहुन्छ, त्यस्तै भिडिओहरु तपाईंलाई सप्लाइ गर्छ । जस्तो कि कुनै अश्लील भिडिओ तपाईंले नहेरिकन स्किप गर्नुभयो भने त्यस्ता भिडिओ फेरि दोहोरिएर आउँदैन । त्यसैले जसले टिकटकमा अश्लीलता छ भनेर भनिरहेका छन्, उनीहरुले नै त्यस्तो भिडिओ बढी हेरिरहेका हुन सक्छन् ।
खैर, टिकटकमा समस्या थियो भने यसको समाधान खोज्नुपर्थ्यो । सामाजिक सञ्जाल दुरुपयोग गर्ने वा फेक चिजहरु सम्प्रेषण गर्नेहरुलाई कडा कानूनमार्फत कारबाहीको दायरामा ल्याउन सकिन्थ्यो । अश्लीलता फैलाउने दुई-चार जनालाई जेल हाल्ने हो भने यो त्यसै रोकिन्छ । साइबर अपराधको अनुसन्धानमा प्रविधि र जनशक्तिमा लगानी बढाउनु यसै पनि आवश्यक छ ।
अधिनायकवादी बाटो
सामाजिक सञ्जाल नियमन गर्न भनेर सरकारले निर्देशिका पारित गर्नु र त्यसलगत्तै सबै वर्ग र तप्काका जनताले सजिलै आफ्नो अभिमत व्यक्त गर्ने लोकप्रिय प्लेटफर्म बन्द गर्नुलाई संयोगमात्र मान्न सकिन्न ।
संसदबाट कानून बनाएर सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित बनाउने र सामाजिक सञ्जाल प्लेटफर्महरुलाई नेपालमा दर्ता गराएर आर्थिक कारोबारलाई समेत कानूनी दायरामा ल्याउने सुल्टो बाटो छाडेर सरकार तजबिजी निर्णयमार्फत यस्ता सञ्जाल बन्द गराउन उद्यत हुनु अन्ततः अधिनायकवादी बाटो नै हो ।
हिजो केपी शर्मा ओली नेतृत्वको सरकारका सञ्चारमन्त्री गोकुल बास्कोटाले सामाजिक सञ्जाललगायत विदेशी यस्ता प्लेटफर्महरुले नेपालबाट अर्बौं रुपैयाँ अवैध रुपमा लगिरहेको र उनीहरु नेपालको कानूनप्रति जवाफदेही नहुँदा त्यस्ता सञ्जालबाट हानिकारक कन्टेन्टहरु निर्वाध प्रवाह भइरहेकाले कानून बनाएर दायरमा ल्याउन खोज्दा अधिनायकवाद ल्याउन खोज्यो भन्नेहरु नै अहिले अधिनायकवादी बन्न खोजेका छन् ।
हिजो केपी शर्मा ओली नेतृत्वको सरकारका सञ्चारमन्त्री गोकुल बास्कोटाले सामाजिक सञ्जाललगायत विदेशी यस्ता प्लेटफर्महरुले नेपालबाट अर्बौं रुपैयाँ अवैध रुपमा लगिरहेको र उनीहरु नेपालको कानूनप्रति जवाफदेही नहुँदा त्यस्ता सञ्जालबाट हानिकारक कन्टेन्टहरु निर्वाध प्रवाह भइरहेकाले कानून बनाएर दायरमा ल्याउन खोज्दा अधिनायकवाद ल्याउन खोज्यो भन्नेहरु नै अहिले अधिनायकवादी बन्न खोजेका छन् ।
बास्कोटाले सूचना प्रविधिसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलगायत सञ्चार क्षेत्र र सामाजिक सञ्जाल तथा इन्टरनेटमार्फत हुने अभिव्यक्तिका माध्यमहरुलाई व्यवस्थित गर्न ४ वटा विधेयक संसदमा लगेका थिए । तर, तत्कालीन नेकपाकै प्रचण्ड-माधव पक्ष र कांग्रेसले अभिव्यक्ति स्वतन्त्रतामाथि हमला गर्न खोजेको भन्दै विधेयक अघि बढ्न दिएका थिएनन् ।
यदि त्यसबेला संसदमा पर्याप्त छलफल गरेर ती विधेयक पारित गरेको भए आज टिकटकमा आउने कन्टेन्टबाट डराएर सरकार आतंकित बन्दै प्रतिवन्ध लगाउनुपर्ने नौवत आउने थिएन । त्यसैले कि उनीहरुले हिजो हामी गलत रहेछौं भनेर सार्वजनिक रुपमा आत्मालोचना गर्नुपर्छ कि त अहिलेको निर्णय फिर्ता लिनुपर्छ ।
सरकारको पछिल्लो निर्णय संवैधानिक रुपमा दूरदर्शिताको हिसाबले र लोकतान्त्रिक मूल्य मान्यताको कसीमा गलत छ । गल्ती गर्नेलाई कानूनको दायरामा ल्याउने काम सरकारको हो । यो वा त्यो बहानामा अभिव्यक्ति स्वतन्त्रता प्रकट गर्ने माध्यमहरुमाथिको प्रतिवन्ध लोकतान्त्रिक व्यवस्थामा स्वीकार्य हुन्न ।
भूराजनीतिक गन्ध मात्र होईन मुख्य कारण नै त्यहि हो ।दिल्लीका टट्टुहरू सरकारमा छन् । तिनले दिल्ली र पश्चिमा खासगरी अमेरिकाको आदेश पालना मात्र गर्ने हुन् ।