बंगलादेशमा पहिलो ग्रिन फर्टिलाइजर फ्याक्ट्री सञ्चालनमा
काठमाडौं । बंगलादेशले बीआरआईअन्तर्गत बनाइएको पहिलो हरियो मल कारखाना सुरु गरेको छ ।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले नरसिङदी जिल्लामा एक समारोहमा देशको सबैभन्दा ठूलो र पहिलो हरियो मल कारखाना घोराशाल-पोलास युरिया उर्वरक परियोजना (जीपीयूएफपी) को उद्घाटन गरेकी हुन् ।
कारखानामा चाइना नेशनल केमिकल इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन कर्पोरेशन सेभेन लिमिटेड (सीसीजेड)का करिब एक हजार चिनियाँ कर्मचारी छन् । सीसीजेडले आफ्नो जापानी साझेदार मित्सुबिशी हेभी इन्डस्ट्रिज (एमएचआई) सँगको सहकार्यमा बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनालाई निर्धारित समयअनुसार सम्पन्न गर्न सन् २०२० देखि काम गरेको थियो ।
८ लाख मेट्रिक टन युरिया र ५ लाख मेट्रिक टन एनहाइड्रस अमोनियाको अनुमानित वार्षिक उत्पादन क्षमताको साथ राजधानी ढाकाबाट करिव ५१ किलोमिटर उत्तरपूर्वी नरसिङदी जिल्लामा रहेको कारखानाले बंगलादेशको बढ्दो माग पूरा गर्न मद्दत गर्ने अधिकारीहरूले बताए ।
उद्घाटन समारोहमा बोल्दै हसिनाले कार्बनडाइअक्साइड समात्ने यो बंगलादेशको पहिलो मल प्लान्ट हुने बताइन । कैद गरिएको कार्बनडाइअक्साइडले पनि देशमा युरिया मलको उत्पादन १० प्रतिशतले बढाउन मद्दत गर्ने उनको भनाइ थियो ।
-सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपाल