दुर्गा प्रसाईंको अस्पतालले रिफर गर्न आनाकानी गरेका १० जना बिरामीको नेपाली सेनाद्वारा हवाई उद्धार – Nepal Press

दुर्गा प्रसाईंको अस्पतालले रिफर गर्न आनाकानी गरेका १० जना बिरामीको नेपाली सेनाद्वारा हवाई उद्धार

काठमाडौं । नेपाली सेनाले १० जना आगोले पोलेका घाइतेको हवाई उद्धार गरेको छ ।

यही कात्तिक २६ गते मोरङको उर्लाबारी- ७ बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार जना प्रहरी र २३ जना सर्वसाधारणसमेत २७ जनामध्ये तत्काल झापाका अस्पताल लगिएका १० जनालाई आज नेपाली सेनाको विमानद्वारा चन्द्रगढीबाट काठमाडौं ल्याइएको हो ।

कार्कीको घरमा भएको आगलागीमा घाइते भएका १४ जनालाई हिजो सोमबार नेपाली सेनाको विमानद्वारा विराटनगरबाट काठमाडौं ल्याइएको थियो ।

ती १० जना बिरामीलाई दुर्गा प्रसाईंको अस्पताल बीएण्डसीबाट काठमाडौं ल्याइएको हो । ती बिरामीको उपचारमा लागेको खर्च भुक्तानी नभएसम्म उनीहरुलाई रिफर गर्न अस्पतालले आनाकानी गरेको थियो ।

कोशीका मुख्यमन्त्री केदार कार्की आफै अस्पताल पुगेर ती बिरामीहरुलाई थप उपचारको लागि काठमाडौं पठाउन समन्वय गरेका थिए ।


प्रतिक्रिया

One thought on “दुर्गा प्रसाईंको अस्पतालले रिफर गर्न आनाकानी गरेका १० जना बिरामीको नेपाली सेनाद्वारा हवाई उद्धार

  1. दुर्गा दलाल हो । ज्ञानेन्द्रसँग राजतन्त्र ल्याईदिन्छु भनेर पैसा खाने । तर मुख्य रूपमा दिल्लीको एजेण्ट बन्ने हो । उसलाई दिल्लीले एमालेको विरोध गर्न खटाएको हो । उसले सुन तस्करी पनि गर्छ किनकी एकपटक उसको पत्रकार संम्मेलनमा सुन तस्करहरू देखिएका थिए । यी सडकछापहरू त्यसै बिलाएर जान्छन् । यिनको कुराको प्रतिकार गर्न आवश्यक छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर