भाइटीकाका दिन मात्र खुल्ने बालगोपालेश्वर मन्दिरमा भक्तजनको भिड (तस्बिरहरू) – Nepal Press

भाइटीकाका दिन मात्र खुल्ने बालगोपालेश्वर मन्दिरमा भक्तजनको भिड (तस्बिरहरू)

काठमाडौं । भाइटीकाका अवसरमा खुलेको बालगोपालेश्वर मन्दिरमा भक्तजनको भिड लागेको छ ।

रानीपोखरी बीचमा रहेको उक्त मन्दिर प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिन मात्र खुला हुने गर्दछ ।

मन्दिरमा आज बिहानैदेखि भाइटीका मनाउने भक्तजनको भिड लागेको छ ।

भाइटिकाको अवसरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा आई पूजा आराधना गरेर टीका लगाउने गर्छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *