वर्ल्ड लिंकले पायाे अन्तर्राष्ट्रियस्तरको ‘डिजिटल ट्रान्सफर्मेसन अवार्ड’
काठमाडौं । नेपालकाे इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंक कम्युनिकेसन्सले डिजिटल ट्रान्सफर्मेसन अवार्ड प्राप्त गरेको छ ।
मंगलबार दक्षिण कोरियाको सियोलमा आयोजित एक कार्यक्रममा एसियन ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (एसोसिओ) ले कम्पनीलाई अन्तर्राष्ट्रिय स्तरको उक्त अवार्ड प्रदान गरेको हो । एसोसिओका अध्यक्ष ब्रेन सेनले वर्ल्डलिङ्कका निर्देशक लक्ष्मण यादवलाई अर्वाड हस्तान्तरण गरेका हुन् ।
देशका विभिन्न दुर्गम क्षेत्रमा उच्च गतिको इन्टरनेट पुर्याउन महत्वपूर्ण पूर्वाधार विकास गरी देशको डिजिटल रूपान्तरणमा योगदान पुर्याएको भन्दै कम्पनीलाई यो अवार्डले सम्मानित गरेको जनाइएको छ ।
अवार्ड हरेक वर्ष प्रत्येक सदस्य मुलुकको सेवा प्रदायकहरुलाई प्रदान गरिंदै आएको छ । वर्ल्डलिङ्कले यसअघि सन् २०१८ मा समेत एसोसियोको इन्टरनेसनल आउटस्ट्यान्डिङ युजर अर्गनाइजेसन अवार्डबाट सम्मानित भएको थियो ।