चलचित्र संघसँगको छलफल सकारात्मक भएपछि ‘दिमाग खराब’को प्रदर्शन नरोकिने
नेपाल प्रेस
२०८० कार्तिक ३० गते १७:४९
काठमाडौं । चलचित्र ‘दिमाग खराब’का निर्माताहरु र नेपाल चलचित्र संघको कार्य समितिबीच भएको छलफल सकारात्मक भएपछि आगामी मंगलबारसम्म प्रदर्शन नरोकिने भएको छ ।
सहमतिअनुसार मंगलबार अन्य बाँकी बुँदाहरुमा पनि छलफल गरी निष्कर्षमा पुग्ने भएकाले मंसिर ५ गतेसम्म पूर्ववत रुपमा नै चलचित्र ‘दिमाग खराब’को प्रदर्शन हुने संघका महासचिव नरेन्द्र महर्जनले विज्ञप्तिमार्फत जानकारी दिए ।
निर्माण पक्षले हिन्दी चलचित्रकै बराबर सो नपाए शुक्रबारदेखि ‘दिमाग खराब’को प्रदर्शन रोक्ने बताएका थिए ।
प्रतिक्रिया