चिसो बढेसँगै लिमीमा खटिएका सुरक्षाकर्मी सिमकोट झरे – Nepal Press

चिसो बढेसँगै लिमीमा खटिएका सुरक्षाकर्मी सिमकोट झरे

हुम्ला । हिमालपारिको गाउँ लिमीमा जाडो बढेपछि सीमा सुरक्षा प्रहरी चौकी सदरमुकाम सिमकोट स्थान्तरण गरिएको छ । चिसो बढेको र हिउँदको समयमा आउजाउ नहुने हँुदा नाम्खा–६ सुनखानी लिमीस्थत प्रहरी चौकीमा खटिएका सुरक्षाकर्मी सिमकोट झरेका हुन् ।

सदरमुकाम सिमकोटबाट ५४ कोश दूरीमा रहेको उक्त प्रहरी चौकीमा जाडोका कारण सुरक्षाकर्मी बस्न कठिन भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले बताए । उनले भने, “गत जेठ दोस्रो हप्ता लिमी पुगेका प्रहरी हाल सिमकोट झरेका छन् ।

नाम्खा गाउँपालिका–६ लिमीमा रहेका तीन गाउँ तिल, हल्जी र जाँगको सुरक्षा र लिमीमा रहेका गाउँसँगै लाप्चा नाकाबाट हुने आपराधिक गतिविधि रोक्न प्रहरी चौकीको स्थापना गरिएको हो । उक्त प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा नौ सुरक्षाकर्मी खटिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *