कोशी प्रदेश मन्त्रिपरिषद्को बैठक महिनामा एक पटक धनकुटामा बस्ने
विराटनगर । धनकुटामा रहेको कोशी प्रदेशका मुख्यमन्त्रीको सम्पर्क कार्यालयमा महिनामा एक पटक मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । धनकुटाबाट आएका नेपाली कांग्रेसका नेता र जनप्रतिनिधि भएको छलफलमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले महिनामा एक पटक मन्त्रिपरिषद्को बैठक सम्पर्क कार्यालयमा राख्ने सहमति जनाएका हुन् ।
कार्कीलाई धनकुटाका नेपाली काङ्ग्रेसका नेता र जनप्रतिनीधिहरुले ज्ञापन पत्र समेत बुझाएका छन् । ज्ञापन पत्र बुझ्दै कोशीका मुख्यमन्त्री कार्कीले माग सम्बोधन गर्ने बताए । ज्ञापन पत्र बुझाउने कार्यक्रममा सङ्घीय सरकारका युवा तथा खेलकुद विकास मन्त्री डिगबहादुर लिम्बु समेत सहभागी थिए ।
ज्ञापन पत्र मार्फत महिनामा एक पटक मन्त्री परिषद्को बैठक राख्नु पर्ने माग ज्ञापन पत्र गरेका हुन् ।
धनकुटाले राजधानीको माग गर्दै लामो समय आन्दोलन गरेको थियो । ६८ दिन सम्म आन्दोलन चल्दा पनि प्रदेशको राजधानी विराटनगर तोकिएपछि उनीहरूको माग सम्बोधन गर्न मुख्यमन्त्रीको सम्पर्क कार्यालय राखिएको थियो ।
तत्कालीन मुख्यमन्त्री शेरधन राईले कार्यालय स्थापना गरेका थिए । पहिलो कार्यकालमा त्यहाँ एउटा पनि बैठक बसेन । त्यहाँ सहायक कर्मचारीको भरमा कार्यालय सञ्चालित छ ।
नेपाली काँग्रेस धनकुटाको टोली विकास र समृद्धिका लागि कार्यक्रम माग गर्दै शुक्रवार मुख्यमन्त्री कार्कीसँग भेटघाट गर्न आएका थिए । नेपाली काँग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले भने, ‘महिनामा एउटा बैठक धनकुटामै गर्ने मुख्यमन्त्रीले प्रतिबद्धता जनाउनु भएको छ ।’
काँग्रेस टोलीले कोशी प्रदेशका मन्त्रीहरू समशेर राई र कमलप्रसाद जबेगुसँग पनि भेटघाट गरी आफ्ना माग राखेको छ । मुख्यमन्त्रीको सम्पर्क कार्यालयलाई साधन स्रोत र जनशक्तियुक्त बनाउनु पर्ने, मन्त्रिपरिषद्को बैठक धनकुटामा राख्नुपर्ने, धनकुटा अस्पतालको स्तरोन्नति हुनुपर्नेलगायत माग प्रदेश सरकारसमक्ष राखिएको राईले बताए ।
हामीले लामो समय आन्दोलन गर्यौ । तर हाम्रा मागहरू पुरा भएन । पुरा गरिएर आश्वासन दिएका बिषय पनि कार्यान्वयन नभएपछि ज्ञापन पत्र बुझाउनु परेको राईले बताए ।
धनकुटामा होटलमा बैठक बस्ने । बैठकमा जान खर्च, भत्ता र होटलको बील बढाएर खानेभन्दा कुनै उपलव्धी हुँदैन ।
ठुलै काम गर्ने भएछन।