हेडको शतक, अष्ट्रेलिया उपाधितर्फ अग्रसर
नेपाल प्रेस
२०८० मंसिर ३ गते २१:०८
काठमाडौं । एक दिवसीय विश्वकपको फाइनलमा अहिले भारतविरुद्ध २४१ रनको लक्ष्य पछ्याइरहेको अष्ट्रेलिया उपाधितर्फ अग्रसर भएको छ ।
अष्ट्रेलियाले ३५ ओभरमा ३ विकेट गुमाएर १९२ रन जोडेको छ। प्रारम्भिक ब्याट्सम्यान ट्राभिस हेड एक सय ७ र मार्कस लाबुसचाग्नी ४१ रनमा खेल्दैछन् । यी दुईबीच एक सय ४५ रनको साझेदारी भइसकेको छ ।
त्यसअघि अष्ट्रेलिया ४७ रनमा तीन विकेट गुमाएर दबाबमा आएको थियो। डेभिड वार्नर ७, स्टिभन स्मिथ ४ र मिचेल मार्स १५ रन बनाएर आउट भए। भारतका जसप्रित बुमराहले २ र मोहम्मद सामीले एक विकेट लिएका छन् । भारत तेस्रोपटक र अस्ट्रेलिया छैटौँपटक विश्वकप जित्ने प्रयाशमा रहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर