सुनको भाउ २ सय बढ्यो – Nepal Press

सुनको भाउ २ सय बढ्यो

काठमाडौं । साताको दोस्रो दिन आज सुनको भाउ बढेको छ ।

छापावाल सुन प्रतितोला २ सय बढेर एक लाख १५ हजार ७ सय रूपैयाँ कायम भएको छ । आइतबार एक लाख १५ हजार ५ सय रूपैयाँ थियो । आज तेजाबी सुन प्रतितोला एक लाख १५ हजार १५० रूपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी प्रतितोला एक हजार ४५० रूपैयाँमा स्थिर रहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *