युवासंघ र दुर्गा प्रसाईलाई काठमाडौंका सीडीओेले भने- एकै ठाउँ कार्यक्रम नगर्नुस्
काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले मंसिर ७ गते काठमाडौंमा विशाल सभा आयोजना गर्न लागेका युवा संघ र दुर्गा प्रसाई दुवै समूहलाई दुईवटा विकल्प दिएको छ ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले या एकले कार्यक्रम स्थगित गर्न वा आफुले भनेको ठाउँमा कार्यक्रम आयोजना गर्न विकल्प दिएको हो । काठमाडौं जिल्ला प्रशासन प्रमुख जितेन्द्र बस्नेतलाई दुवै पक्षलाई केही घण्टाको समय दिइएको जानकारी दिए ।
‘आज साँझसम्म हामी निर्णय गर्छ’, सीडीओ बस्नेतले भने ।
दुवै समूहले माइतीघरदेखि नयाँ बानेश्वर क्षेत्रमा एकै दिन कार्यक्रम गर्ने भन्दै अनुमति मागेकाले समस्या भएको बताए । ‘एकै ठाउँमा एकै दिन कार्यक्रम गर्न त सम्भव हुँदैन । त्यसैले हामीले उहाँहरुलाई विकल्प दिएका छौँ’, उनले भने ।